एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो

समाचार

Sharing is caring!

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको शैली र उनीमाथि लागेको आरोपबारे उनले दिएका अभिव्यक्तिले पार्टीकै शाखमाथि दाग लागेको भन्दै एमाले नेताहरूले स्थापितकै कारण देशभरको मतमा समेत प्रभाव परेको बताउने गरेका छन् ।

देशभर खुम्चिएको एमालेका नेताहरूले मीटूको आरोप लागेका स्थापितलाई रोक्न भन्दा पनि उनकै पक्षमा बोल्न थालेपछि मतदाता बिच्किएको निष्कर्ष निकालेका छन् । स्थापितलगायतका केहि उम्मेदवारको कारण एमालेप्रति नै मतदाता बिच्किएको निष्कर्षमा एमाले पुगेको छ ।

यस्तै राम्रो मतान्तरले जित्दै गरेकी काठमाडौंकी उपमेयरकी उम्मेदवार सुनिता डङ्गोललाई नै काठमाडौं महानगरको मेयर पदमा उठाउन सकेको भए पार्टीलाई फाइदा हुने निष्कर्ष निकालेको छ । एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायत एमालेका नेताहरुले सुनितालाई पार्टी प्रवेश नगराई मेयरमा स्वतन्त्र भएरै उठ्न दिएको भए पनि बालेनको भोट काटिएर केशव जित्न सक्ने निश्कर्ष निकालेका छन् ।

काठमाडौंको केहीबेर अगाडिको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धीहरुभन्दा १९ हजार मतले अगाडि देखिएका छन् । उनले ४८ हजार ३२४ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिर्जना सिंहले २९ हजार ८३५ मत पाएकी छन् ।

वडा नम्बर १३, १४, १५, १६, १८, १९,२०, २१ र २२ को मतगणना भइरहँदा एमालेका केशव स्थापित २९ हजार ६४४ मत प्राप्त गरेर तेस्रो स्थानमा पुगेका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ५३ हजार २६६,नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ५९० र राप्रपाकी उम्मेदवारले १० हजार २६४ मत पाएकी छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासिनताका कारण चुनावमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका हुन् ।

यसबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउँदै अध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘चुनावमा हामीले नेकपा(एमाले) सँग सहकार्य गर्ने निर्णय ग¥यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा (एमाले)को उदासिनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममखि हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर राप्रपा नेपाललाई स्थानीय तह निर्वाचनको मैदानमा उतारेका थिए । तर, राप्रपा नेपालले एउटा पनि पालिकामा जित्न सकेन ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको कार्यसम्पादन समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष थापाले एमालेको उदासिनताका कारण पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताएका हुन् ।

निकट भविष्यमा नै हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने बताएका अध्यक्ष थापाले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘त्यस्तो सहमति जुट्न नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरूप ‘धर्मनिरपेक्षता वा हिन्दूराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ ।’

Leave a Reply

Your email address will not be published.