बाढीले सारा खुशी लुटेको मेलम्ची पुग्दा कसका आँखा नरसाउलान् र ? यस्तो छ अवस्था,,,,,(भिडियोसहित)

समाचार

Sharing is caring!

काठमाडौँ । देशभर को’रोना भा’इरस सं’क्रमणको दोश्रो अहिले बन्दाबन्दीको अवस्था छ। को’रोना भाइरसको संक्रमणभन्दा पनि बढि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बा’सीलाई बाढी-पहिरोले सताएको छ । असार १ गते बाढी पहिरो आउनुभन्दा अगाडी उनीहरुसँग खान लाउनलाई केहि समस्या थिएन। तर, अहिले ती मेलम्चीका बासीहरुलाई कहाँ जाने के खाने भन्ने समस्याले सताएको छ ।

 

 

हाँसीखुसी रहेका मेलम्ची बासीलाई असार १ गते कालो दिन बन्यो । आँखैको अगाडी सबै घरहरु माटोले छोपिदियो। कतिले ज्यान सम्म गुमाउनु पर्यो भने अझै कति बेपत्ता छन् । मेलम्ची बासीको घरबार बाहिन भएर कोहि आ’फन्तको घरमा त, कोहि सार्वजनिक स्थानमा बस्न बाध्य भए’का छन् । बाढीपहिरो ग्रस्त क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार कार्य भइरहेको छ । नेपाली सेनाको कालीजंग गणमा बाढीपहिरो पिडितलाई खान खुवाउने काम पनि भइरहेको छ । यातयातको सुबिधा नभएको हेलम्बुमा नेपाली सेनाको हेलिकटरद्वारा खाद्यान्न एवं लत्ताकपडा पुराई रहेका छन् ।

 

कोरोना महामारी लगायत अ’न्य सा’माजिक कार्यमा सक्रिय रहेको नेपाल भारत मैत्री संघले केन्द्रिय राहत कोषबाट करिब २ लाख १० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।जसमा चिनी, चामल, तेल, नुहाउने साबुन, लुगा धुने साबुन, प्याड, जिरा, बेसार, नुन,दात माझ्ने ब्रस/मन्जन, मक्षड धुप, सर्जिकल मास्क, मेडिकल सामाग्रीहरु कालीजंग गण सिन्धुपाल्चोकमा हस्तान्तरण गरेको हो। अहिले बाढीपहिरो पि’डितलाई राहत सामग्री सहज रुपले पुराउने जिम्मा नेपाली सेनालाई दिइएको छ।

 

 

राहत सामग्री लिएर नेपाल भा’रत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट वरिष्ट उपाध्यक्ष शैलेन्द्र मोहन झा, उपाध्यक्ष माधव तिमल्सिना, महासचिब बध कृष्ण सुबेदी र केद्रीय सदस्य देबी सुबेदीको उपस्थिति रहेको थियो । यसरी प्रत्यक्ष बाढीपहिरो पिडित भएको ठाँउमा पुगेर राहत दिन पाएकोमा खुँसि लागेको उपाध्यक्ष तिमल्सिनाले बताए ।

 

 

यस्तै नेपाल भारत मैत्री संघ झापा जिल्ला शाखाले झापा जिल्लाको भद्र नगरपालिका वडा नम्बर ९ र १० मा पनि को’रोनाबाट बिशेष प्रभावित घर धुरीलाई चिनी, चामल, तेल, नुहाउने साबुन, लुगा धुने साबुन, प्याड, जिरा, बेसार , नुन,दात माझ्ने ब्रस/मन्जन, मक्षड धुप, सर्जिकल मास्क, मे’डिकल सा’माग्रीहरु वितरण गरेको छ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष ओमप्रकास सुबेदी, जिल्ला अध्यक्ष प्रदिप रेग्मी, जिल्ला सचिब गणेश पोख्रेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *