डेरामा बस्ने मनोज पाण्डे ‘फाइभ स्टार’मा डिनर खुवाएर लोभ्याउँथे सुन्दर युवती !

समाचार

Sharing is caring!

८ वर्षअघि ‘ब्युटी प्याजेन्ट’को नाममा एक जना नाबालिग ब ला त्कार गरेको आरोपमा मनोज पाण्डे प्रहरी हिरासतमा छन् ।

काठमाडौंमा डेरामा बस्दै आएका पाण्डेको दिनचर्या पाँचतारे होटलमा बित्ने गरेको थियो ।

कुनै व्यक्तिलाई भेट्न उनले काठमाडौंका पाँचतारे होटलमा बोलाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले बिहान र साँझको खाना पनि पाँचतारेमा नै खाने गरेका थिए ।

सुन्दरी प्रतियोगिताको नाममा उनले सुन्दरीहरूलाई पाँचतारे होटलमा बोलाएर प्रभावमा पार्ने गरेको प्रहरीले जनाएको छ ।‘काठमाडौंमा डेरामा बस्ने तर उनको दिनचर्या र खानपान भने उपत्यकाका पाँचतारेमा हुने गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पाण्डेले युवतीलाई यौ ‘न दु र्व्यवहार गर्ने गरेका कारणले उनकी पत्नीले सम्बन्धविच्छेद गरेर अलग्गै बस्ने गरेकी छन् ।

‘उनकी पत्नीले पाण्डेको हर्कतका कारण डिभोर्स लिएर छुट्टै बस्ने गरेको पाइयो,’ ती अधिकारीले भने ।

सौन्दर्य प्रतियोगिताको नाममा उनले युवतीलाई प्रलोभनमा पारेर मानव तस्कर गर्ने गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनी ‘सिरियल रे पिस्ट’ भएको हुन सक्नेतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

अहिले प्रहरीमा आएका बालिका र युवतीको ट्रेन्डलाई हेर्दा उनी सिरियल रे पिस्ट हुन सक्ने प्रहरीको दाबी छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर ब ला त्का र गरेको आरोपमा पाण्डेलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो ।

पाण्डेले ब ला त्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याक मेल’ गर्दै ६ महिनासम्म निरन्तर यौ ‘नशो षण गरेको विषय पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानबिन गर्न दबाब बढेको थियो ।

त्यसपछि सरकारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरसहित ५ जनाको समिति बनाएको थियो । त्यो टोलीले पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीको परामर्शमा पीडित युवतीलाई जिल्ला अदालतमा जाहेरी दिन लगाएर बयान प्रमाणित गरिएको थियो ।

त्यसलगत्तै अदालतले पाण्डेलाई ५ दिन हिरासतमा राखेर मानव बेचबिख न तथा ओसारपसारमा म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

आफूलाई यौ ‘न दुराचार गरेको भन्दै १६ वर्षभन्दा कम उमेरकी एक बालिकाले पाण्डेविरुद्ध सोमवार प्रहरीमा जाहेरी दिएकी छन् । अर्की बालिका प्रहरीको सम्पर्कमा आएको अप राध अनुसन्धान कार्यालयले जनाएको छ । गगन अर्याल/लोकान्तर

Leave a Reply

Your email address will not be published.