बाढीपीडितका लागि काममा खटिएका मेलम्चीका दुलालले करेन्ट लागेर ज्यान गुमाए !

समाचार

Sharing is caring!

काठमाडौं – सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलम्ची नगरपालिका ११ का २८ वर्षीय धर्मराज दुलाल रहेका छन् ।

मेलम्ची खोलामा आएको बाढीले घरजग्गा कटान गरेपछि बाँध लगाउन उनी सोमबार बिहान एक्साभेटर लिन गएका थिए । त्यसै समय बगरमा हिँडिराखेको बेला उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

उनको हातमा ११ हजार भोल्टको करेन्ट लागेको जनाइएको छ । करेन्ट लागेर मृत्यु भएका दुलालको शव मेलम्चीमै पोस्टमार्टम गर्ने तयारी गरिएको जनाइएको छ ।

उनी पछिल्लो दिन बाढीपीडितको उद्धार र राहतलगायत काममा हिडिरहेका थिए । बाढीपीडितका लागि खटेका उनको एक्साभेटर बोलाउन जाँदा बाटोमै करेन्ट लागेर मृत्यु भएको हो ।

‘आज पनि उहाँ मेलम्चीले जग्गा कटान गरेपछि बाँध राख्नुपर्छ भनेर एक्साभेटर बोलाउन जानुभएको थियो । बाटोमै क’रेन्ट लागेर मृ,त्यु भयो,’ घटनास्थलमा रहेका पत्रकार आदित्य दाहालले भने, ‘उहाँको देब्रे हातमा क’रेन्ट लागेको छ।’

बाढीले प्रभाव पारेका क्षेत्रमा धरापमा रहेका पोलमा पनि विद्युत छाडेको भन्दै स्थानीय बासिन्दाले नेपाल विद्युत प्राधिकरणको कमजोरी रहेको बताएका छन्। दुलालका श्रीमती, एक छोरा र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *