बजेट : ६५ वर्षमै ५ हजार वृद्धभत्ता, कर्मचारीको तलब पहिले भन्दा झनै वृद्धि

समाचार

Sharing is caring!

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट लेखन सकिएको छ । अर्थमन्त्री जनार्दन शर्मा निकट स्रोतले बजेट लेखनको काम सकिएको जनाउनुभएको छ ।

आज जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । बजेट प्रस्तुत हुने अघिल्लो दिन (जेठ १४ गते) सत्ता गठबन्धनका शीर्ष नेताहरुले केही हेरफेर गराएका छन् ।

के के छन् मुख्य विशेषता ?

स्थानीय चुनावका लागि मागभन्दा अत्यन्त कम बजेट खर्च भएकामा अर्थमन्त्री खुशी हुनुहुन्छ ।

अर्ब माग हुँदा करोड मात्रै बजेट दिदाँ कम खर्चमा पनि चुनाव सकेपछि आगामी मंसिरमा गर्नैपर्ने संघीय र प्रदेशको निर्वाचनलाई पनि कम बजेट छुट्याउने योजना उहाँको छ ।

चुनावी वर्ष भएकाले नीजि क्षेत्रले दिएका सुझावभन्दा बाहिर गएर लोकप्रीय बजेट ल्याउने नै ध्याउन्नमा अर्थमन्त्री हुनुहुन्छ ।

दलहरुले भोट तान्ने माध्यमका रुपमा हरेक वर्षजसो वृद्धभत्ता बढाउँदै आएको नजिर छ । आगामी बजेटमार्फत वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याइने लगभग निश्चित छ ।

त्यस्तै वृद्धभत्ता पाउने उमेर पनि ७० वर्षबाट घटाएर ६५ वर्षमा झारिने भएको छ ।

त्यस्तै, कर्मचारीको तलब पनि यसपाली बढ्ने छ । निजामति कर्मचारीको तलब, महँगी भत्ता, पोशाक भत्ता, सवारी भत्ता (यातायात खर्च) बढाउने गरी बजेट तयार भएको अर्थको स्रोतले खुलाएको छ ।

चालु वर्षको बजेटमा सबै कर्मचारीको तलब एकरुपताका आधारमा बढाईएको भएपनि आगामी आर्थिक वर्षको बजेटमा प्रतिशतका आधारमा तलब बढाउने तयारी छ ।

तल्लो तहका कर्मचारीको तलब ३० प्रतिशत र उच्च तहका कर्मचारीको तलब २० प्रतिशतले बढाउने एकिन भएको छ ।

सिलिङ नाघ्ने

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयलाई १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको छ ।

यो सिलिङ अनुसार योजना आयोगले बजेटको स्रोतमा राजस्व १३ खर्ब ५९ अर्ब, वैदेशिक अनुदान ५१ अर्ब, वैदेशिक ऋण २ खर्ब २८ अर्ब र आन्तरिक ऋण २ खर्ब ५८ अर्ब रुपैयाँ देखाएको छ । आयोगले ६.५ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य पूरा हुने गरी बजेट तर्जुमा गर्न पनि अर्थलाई भनेको छ ।

तर, चुनावी वर्षको बजेट भएकाले योजना आयोगले दिएको सिलिङ भन्दा बजेटको आकार बढ्ने प्रक्षेपण पनि सुरु भएको छ । अर्थले पाएको सिलिङमा ५० देखि ६० अर्ब थपेर बजेट तयार पार्ने अनुमान गरिएको छ ।

कर र भन्सारका दरहरूमा पनि बस्तु अनुसार केही हेरफेर गर्ने तयारी अर्थले थालेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.