तारा एयरलाइन्सको जहाज बेपत्ता भइरहेका बेला मुस्ताङको घासामा ठूलो आवाजसहित आगो बलेको स्थानीयले देखेको बताएका छन्।
मुस्ताङ सदरमुकाम जोमसोम जाने बाटोअन्तर्गत थासाङ गाउँपालिका वडा नम्बर ४ घासा भन्ने ठाउँमा ठूलो आवाज आएको स्थानीयले बताएका हुन्। स्थानीयले घासामा आगो बलेको जानकारी दिएपछि अहिले जोमसोमबाट प्रहरी त्यसतर्फ गइरहेको छ।
तर, मुस्ताङको थासाङ गाउँपालिका–४ घासाका वडाध्यक्ष नरेन्द्र शेरचनले नेपालखबरसँग कुरा गर्दै बिहान १० बजे अन्नपूर्ण बेसक्याम्प र निलगीरि पहाड साइडमा जहाज उडिरहेको आवाज सुनिएको बताए।
उनले दुर्घटना परेको आवाज र आगोको मुस्लो केही नदेखिएको बताए। प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा १९ यात्रुसहित उडेको ताराको नाइन एन एईटी जहाज बेपत्ता भएको थियो।