पोखरा :
सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पुष्टि भएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाए अनुसार स्थानीयले हिमालको फेदमा नवयुगकोट उत्तर पश्चिमतिर पहिरो गइरहेको स्थानमा जहाज दुर्घटना भएको देखेर खबर गरेका हुन् ।
जहाज दुर्घटना भएको सूचनापछि नेपाली सेनाको टोली त्यस तर्प गइरहेको उनले बताए ।
उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०स्०७ पछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका सहित २२ जना रहेका थिए ।