कर्मचारीलाई खुशी बनाउन सरकारले १५ प्रतिशत तलब बढायो

समाचार

Sharing is caring!



काठमाडौँ ।

आर्थिक वर्ष ०७९र८०को बजेट आएसँगै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले बृद्धि भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९र८०को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको र नयाँ तलब भत्ता साउन १ गतेबाट लागू हुने बताए ।

यसअघि ओली सरकारले २ हजार रुपैयाँमात्रै वृद्धि गरेकोमा यसपटक १५ प्रतिशतले तलब भत्ता वृद्धि गर्दै कर्मचारीहरुलाई खुशी बनाउने काम गरेको छ ।

यसअघि पाउँदै आएको तलब स्केलको १५ प्रतिशत तलब वृद्धि हुँदा अब नेपाल सरकारका मुख्यसचिवको तलब १० हजार ७१ रुपैयाँले बढ्दा सचिवहरुको तलबमा ९ हजार ३९० रुपैयाँ वृद्धि भएको छ ।

त्यस्तै शाखा अधिकृतको तलबमा ५ हजार ६९८ रुपैयाँ वृद्धि भएको छ । वृद्धि भएपछि अब ग्रेडदरबाहेक सहसचिवले ५६ हजार ७८७, उपसचिवले ४८ हजार ७३७ र शाखा अधिकृतले ४३ हजार ६८८ रुपैयाँ पाउनेछन् भने राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको तलबमा ४ हजार ५३० रुपैयाँ, द्वितीय श्रेणीको ४ हजार २९१, तृतीय श्रेणीको ३ हजार ६०१ र चतुर्थ श्रेणीको ३ हजार ४०२ रुपैयाँ तलब वृद्धि भएको छ ।



Leave a Reply

Your email address will not be published.