काठमाडौँमा संकास्पत रुपमा पुरुष मृत फेला परेका छन्

समाचार

Sharing is caring!

काठमाडौंमा एकजना मृत फेला परेका छन । तारकेश्वर नगरपालिका–१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका–१ घर भएका ३६ वर्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुुसार पक्राउ पर्नेहरुमा ओखलढुङ्गा लिखु गाउँपालिका–९ घरभइ गोकर्णेश्वर–७ दक्षिणढोका बस्ने ४२ वर्षीय अकिंत घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६ घरभइ गोकर्णेश्वर–८ बालुवाखानी बस्ने ४६ वर्षीय रुपनारायण शाह छन् ।

कृष्ण मन्दिरबाट जेठ २३ गते मूर्ति चोरी भएको थियो । आइतबार राति महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले पित्तलको सानो–ठूलो मूर्ति ८ थान र प्लास्टिकको मूर्ति ३ थान गरी ११ थान मूर्ति बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *