नायिका मिरुना मगरलाई फिल्म हलभित्र हात पात गर्ने खोज्ने युवकलाई यस्तो कडा सजाय दिने तयारी थालियो, हालियो मुद्धा

समाचार

Sharing is caring!



काठमाडौं ।

कबड्डी ४ कि नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी मिरुनाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

तामाङ थरका युवक अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको बताइएको छ ।

आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउने छन् । सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो ।

अन्तमा युवकले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।यो षियले अहिले सिने जगत गर्माएको छ ।



Leave a Reply

Your email address will not be published.