बालेन शाह मेयर भएको खुसियालीमा चिकेन स्टेसनले ४ सयभन्दा बढी बर्गर सित्तैमा बाँड्ने

समाचार

Sharing is caring!



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएको खुसियालीमा चिकेन स्टेसनले मंगलबार निःशुल्क वर्गर वितरण गर्ने भएको छ ।

चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलबाट जेठ १७ गते मंगलबार आउने हरेक ग्राहकलाई निःशुल्क वर्गर वितरण गर्ने भएको हो ।

। काठमाडौं महानगरपालिकाको प्रमुख जस्तो पदमा ३२ वर्षे युवा निर्वाचित हुनु ठूलो कुरा भएको स्टेसन सञ्चालक निकेश ताम्राकारले बताए । यस्तै उनले युवाले युवालाई नै काम गर्ने हौसला र सहयोग गर्छ भनेर सन्देश दिन यस्तो अफर ल्याएको पनि बताए ।

उक्त स्टेसनमा मंगलबार बेलुका ६ बजेसम्म आउने सबै ग्राहकले चिकेन र भेज वर्गर निशुल्क पाउने भएका हुन् । आज दिनभरीमा कम्तिमा ४ सयभन्दा धेरै बर्गर जाने र झन्डै ४० हजार रुपैयाँ लगानी पर्नेस्टेसन संचाकलको छ । झम्सिखेल चिकेन स्टेसन पुग्ने कुनै पनि ग्राहकले बर्गरमात्र खाएर फर्किन सक्ने छन् ।



Leave a Reply

Your email address will not be published.