मुगु : यार्सागुम्बा संकलकहरुको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृ’त्यु

समाचार

Sharing is caring!



मुगु । बहुमूल्य जडिबुटी अर्थात् जीवन बुटी यार्सागुम्ब संकलकको सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ ।

मुगुको मुगमकामारोङ गाँउपालिका–२ ठूलोकोकी रिमार भन्ने ठाउँमा यार्सागुम्बा संकलकको सुरक्षामा खटिएका सहायक प्रहरी हवलदार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको हो ।

सिंहको स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । तर, सहायक प्रहरी हवल्दार सिंहको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।

मृतक सिंह दैलेखको महाबु गाउँपालिका–४ स्थायी घर भई हाल कोहलपुर नगरपालिका–११ बाँके बस्दै आएका थिए । मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए ।

यार्सागुम्बा संकलकहरुको सुरक्षाका लागि सिंह पाटनतिर गएका थिए । ड्यूटीकै क्रममा गत मंगलबार विहानदेखि उनको टाउको दुख्ने र स्वास प्रश्वासमा समस्या भएको जानकारी पाएको लगतै नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो ।



Leave a Reply

Your email address will not be published.