व्याड टच प्रकरणमा तानिएपछि मिरुनाले भावुक हुँदै भनिन् मेरो त करियर नै धरापमा पर्यो

समाचार

Sharing is caring!



ब्याड टच प्रकरणमा मुछिएपछि नायिका मिरुना लामाले आफ्नो भविष्यनै समाप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेपछि मिरुनाले यस्तो बताएकी हुन् ।

मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाले दाबी गरेपछि र आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको फुर्पाको भनाइ छ । ‘हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर लेख्न खोजेको थियो ।

यसैमा माफी माग्ने भनेको थियो । अनि हिरोनीले मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचाउनका लागि हो भन्यो हामीलाई । उहाँ रोई राथ्यो ।

पछि आधा घण्टा त्यही शब्दमा अड्केर बस्यो सबै । १५ मिनेट पछाडि हामी मिलेको खबर आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे । छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो । केही हुँदैन होला भनेर त्यसमा साइन गर्‍यो ।

फुर्पाले भने । सेल्फी खिच्न जाँदा भिडमा कसैले धकेलेका कारण उनलाई छोइएको फुर्पाले स्विकारेका छन् । फिल्म हलबाहिर आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले फुर्पालाई थप्पड हानेर माफी माग्न लगाएपछि यो विषयले नेपली फिल्मी क्षेत्र खुबै गर्माएको थियो ।



Leave a Reply

Your email address will not be published.