बालेन्द्रले सकेनन् भन्दै फोहोर उठाउन निस्किए १६ नम्बरका वडाध्यक्ष

समाचार

Sharing is caring!



काठमाडौं ।

काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिन थालेको छ । दुई हप्तादेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ ।

तस्बिरः उस्केराबाट

दुई हप्ताअघि सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न शुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाउन थालेका छन् ।

महानगरको संयन्त्रले वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन् ।
उनले फोहोर सङ्कलनको काम वडाको नभई महानगर अन्तर्गतको भए पनि सडकमा फोहोर नउठेपछि आफैं फोहोर उठाउन निस्किएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकमा बैठकको पद्धतिबारे प्रश्न उठाएपछि मेयर बालेन्द्र शाहका शुभेच्छुकहरूले शाहलाई काम गर्न अवरोध पु¥याउने प्रयास गरेको भनेर उनको विरोध गरेका थिए ।



Leave a Reply

Your email address will not be published.