बालेन मेयर बने लगत्तै गरे कमालको निर्णय, बालेनको अथक प्रयासपछि काठमाडौँको फोहोर भोलीबाट नै उठ्ने

समाचार

Sharing is caring!

काठमाडौँ:

काठमाडौँ उपत्यकाको फोहोर भोलीदेखी उठ्ने भएको छ । लामो समयदेखी उठ्न नसकेको फोहोर उठ्ने भएपछि काठमाडौं बासी हर्सित भएका छन् ।

शहरी विकास मन्त्री रामकुमारी झाक्री, काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोलसहित आन्दोलनरत बन्चरेडाडा ल्यन्डफिल्ड साइटका स्थानीयवासिन्दाका तर्फबाट सम्बन्धित पालिकाका प्रमुख को बैठकमा सहमती भएपछि भोलीबाट फोहोर उठाइने भएको हो ।

सहमती अनुसार ल्यान्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने, साउन १ गतेबाट फोहोर श्रोतमै बर्गिकरण गरेर लैजाने ब्यवस्था गर्ने, धूनिवेशी र ककनी नगरपालिकाका तीन तीन वटा वडाको यश अघिक बजेटलाई निरन्तरता दिने लगायत सहमती भएको छ ।

यो पनि : सोनिका र दिलीपको जोडी ‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरिए, असार ११ गते फिनाले हुने : ‘डान्सिङ स्टार्स नेपाल’बाट ट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएको छ ।

नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’मा राम्रो चर्चा कमाइरहेकोसोनिका रोकाया र दिलीप ओखेडाको जोडी दर्शकको मत र जुरीको निर्णयको आधारमा बाहिरिएका हुन् । यसैबिच अर्को सातादेखि सेमिफाइनल राउण्ड सुरु हुनेछ ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार आगामी शुक्रबारदेखि सेमिफाइनल सुरु हुने र शनिबार थप एक जोडी बाहिरिनेछन् । हाल परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको डान्सिङ जोडी टप फाइभमा प्रवेश गरेको प्रतिस्पर्धाको असार ११ गते फिनाले हुनेछ ।

फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिने निर्देशक पौडेल बताउँछन् । हिमालय टेलिभिजनबाट प्रसारणमा आइरहेको डान्सिङ स्टार्स नेपालले राम्रो लोकप्रियता कमाइरहेको छ ।

Leave a Reply

Your email address will not be published.