फ्याक्ट चेक : मन्त्री भएको ६ महिनामा रामकुमारी झाँक्रीको महल

समाचार

Sharing is caring!

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा घर भाइरल भइरहेको छ ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको महल भन्दै फेसबुक, ट्वीटरहरुमा एउटा भवनको तस्वीर भाइरल भइरहेको छ ।

कसले भन्यो क. रामकुमारी झाँक्रीले टिकटक मात्र बनाउँछिन् भनेर ? सहरी विकास पनि राम्रैसँग गरेको पाइयो है ।

हेर्नुहोस् उनको आफ्नै महल भनेर एक जनाले फेसबुकमा पोष्ट गरेका छन् । केहीले भ्रष्ट्राचार गरेर कमाएको भनेर पोष्ट गरेका छन् । केहीले छ महिनामा मात्रपनि राम्रै कमाई भएछ भनेर लेखेका छन् । यति मात्र हैन ।

केहीले त हेर्नुहोस् रामकुमारी झाँक्रीको घर । बारदली त ओलीको भन्दा खतरा छ त । त्यो पनि तीन तिर हो कि, चारतिर हो ? लेखेका छन् ।

यही घरलाई नेकपा (एमाले) का नेता पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाईपनि जोडेका छन् ।

फोटो सम्पादन गरेर घर अगाडि गोकुल बास्कोटाको फोटो मिलाएर राखेर ७० करोडमा बनेको घरको निरीक्षण गर्दै भनेर लेखेको क्याप्सनको तस्वीरपनि भाइरल भइरहेको छ ।

वास्तवमा यो तस्वीरको घर यी दुबै नेताको हैन । सामाजिक सञ्जालमा भ्रम पैदा मात्र गरिएको छ । गलत सूचना सम्प्रेषण भइरहेको छ । जनबोली न्यूज टीमले तथ्य जाँच गर्दा हामीले यो तस्वीर Ethiopian Urban Engineering कम्पनीले बनाएको डिजाईन भएको तथ्य फेला परेका छौ । उक्त कम्पनीले सन् २०२१, २६ जुलाईमा आफ्नो पेजमा यो फोटो अपलोड गरेको छ ।

यो फोटोमा अहिलेसम्म ६९८ के लाईक, ९ दशमलव १ के कमेण्ट र ७२ के सेयर भइसकेको छ । यो भ्रम छर्न खोजिएको हर्कत हो । यसैले यस्ता गलत सूचनाको पछाडि नलाग्नुहुन आग्रह गरिन्छ ।source janaboli

Leave a Reply

Your email address will not be published.