फोहर व्यवस्थापनमा अबरोध गर्ने कांग्रेस नेता ढुंगाना पक्राउ

समाचार

Sharing is caring!



नुवाकोट ।

फोहर व्यवस्थापनमा अबरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जना पक्राउ परेका छन । सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा रोकिएको थियो ।

प्रहरीले केहीबेरअघि श्रीरामसहितका ११ जना व्यक्तिलाइ नियन्त्रणमा लिएको स्थानीय हरिहर ढुंगानाले जानकारी दिएका छन । यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिननै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गरेका थिए ।

उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए । उनले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गरेका थिए ।

प्राप्त जानकारी अनुसार अवरोध गर्ने समातिएको छ । बञ्चरडाँडामा फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

सहमति अनुसार पनि स्थानीयत अवरोध गरेपछि मेयर बालेन साहले प्रहरी परिचालनमा सहमति जनाएको पनि बुझिएको छ । आज मंगलबार मेयर साहले एक अपिल जारी गर्दै सबै महानरवासीलाई कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइ दिन आग्रह गरेका छन् ।



Leave a Reply

Your email address will not be published.