नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाखसहित ४ जना चिनिया नागरिक पक्राउ

समाचार

Sharing is caring!



काठमाडौं ।

प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीको चेकजाँच गर्ने क्रममा प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको उक्त रकमसहित चार जना चिनिया नागरिक र गाडी ड्राइभर (एक जना नेपाली)लाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिनिया नागरिकहरुमा ५० वर्षीय अङ जाइकिङ, ४९ वर्षीय झान टु, ३१ वर्षीय मेङ युन सुन, २६ वर्षीय मौजियान हुआ र नुवाकोट विदुर नगरपालिका–८ घर भएका ४४ वर्षीय फूलबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक हजार दरको ३६ हजार ४१३ थान गरी नगद ३ करोड ६४ लाख १३ हजार, पाँच सय दरको ५ हजार १ थान गरी नगद २५ लाख ५००, एक सय दरको २ थान गरी नगद २००, बीस दरको १ थान गरी जम्मा ३ करोड ८९ लाख १३ हजार ७२० बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.