ब्रिटिश गोर्खा भर्ती २०२२ काे दर्ता सर्याे, अब कहिले हुन्छ ? सूचनासहित

समाचार

Sharing is caring!

काठमाडाैं । ब्रिटिस गाेर्खा भर्ती (रेक्रुट इन्टेक २०२२) काे दर्ता सरेकाे छ । अनलाइन रजिस्ट्रेसनका लागि तयार पारिएकाे वेवसाइटमा समस्या देखिएकाले यसपटककाे दर्ता ढिलाे हुने भएकाे हाे ।ब्रिटिश गोर्खा नेपालले एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण यसअघि ताेकिएकाे मितिमा दर्ता नहुने व्यहाेराकाे जानकारी दिँदै नयाँ मिति छिट्टै सार्वजनिक गर्ने जनाएकाे छ । ‘रेक्रुट इन्टेक २०२२ का सम्पूर्ण उम्मेदवार भाईहरू, दर्ताको लागि तयार पारिएको वेबसाइटमा केही प्राविधिक समस्या हुन गएकोले यो सालको दर्ता हुन तोकिएको मिति भन्दा केही ढिलो हुने जानकारी गराउन चाहन्छु। दर्ताको लागि अर्को सम्भावित मितिको बारेमा छिट्टै तपाईहरूलाई जानकारी गराउने छु ।’ डेपुटि रेक्रुटिङ अफिसर (डि. आर. ओ.)द्वारा जारी सूचनामा भनिएकाे छ

।प्राविधिक कारणवस ढिला हुन गएकाे भन्दै ब्रिटिश गोर्खा नेपालले क्षमा याचना समेत गरेकाे छ ।

As per the British Gurkha Nepal Notice:
To all potential recruits for Recruit Intake 2022:Unfortunately, there will be a delay in this year’s registration. The online registration website has encountered a technical issue today that means we will have to pause for now. We will keep you updated as soon as possible on the possible dates for registration to begin. Once again please accept my apologies. Thank you for your understanding. Deputy Recruiting Officer (DRO)

Leave a Reply

Your email address will not be published. Required fields are marked *