सलिनमानको फेरिएको लुक्स भाइरल !

समाचार

Sharing is caring!



नेपाली फिल्ममा चकलेटी हिरोहरुको अभाव छ । केही वर्षयता अनमोल केसी र प्रदीप खड्काले लभस्टोरी फिल्मको भार थेगेर बसेका छन् ।

उनीहरुले वर्षमा मुश्किलले दुईटासम्म फिल्म गर्ने भएकाले मेकरहरु विकल्प खोज्दै विभिन्न अभिनेतासम्म पुग्ने गर्छन् । त्यसमध्येमा पर्छन्, सलिनमान बनियाँ ।

फिल्म ‘ए मेरो हजुर २’बाट अनमोल र प्रदीपको प्रतिस्पर्धीको रुपमा उदाएका सलिनले दोस्रो फिल्म साइन गर्न झन्डै दुई वर्ष लगाए । उनले अभिनय गरेको दोस्रो फिल्म ‘यात्रा’ रिलिज भएको पनि तीन वर्षभन्दा बढी भइसकेको छ । लभस्टोरी फिल्मबाट राम्रो माग भएपनि उनले फिल्ममा अभिनय गर्ने इच्छा नदेखाउने गरेको बताइन्छ ।

मंगोलियन लुक्स, फरक हेयर स्टाइल र ड्रेसअपका कारण पहिलो फिल्मबाटै दर्शक र मेकरको नजरमा परेका उनको यतिबेला लुक्स फेरिएको छ । क्लिन सेभ गरिएको फेसमा देखिने गरेका सलिनले अहिले दाह्री र जुँगा पालेका छन् । उनकी प्रेमिका अस्प्रिना जिन्हा श्रेष्ठले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको तस्विरमा सलिनलाई दाह्री र जुँगामा निकै अलग देखिएको छ ।

फिल्ममा प्रवेशपछि उनले दाह्री-जुँगा हुर्काएको पहिलो पटक हो । यसैले उनको नयाँ लुक्स नयाँ फिल्मका लागि त होइन भन्ने चासो धेरैमा छ ।

नेपाली फिल्ममा चकलेटी हिरोहरुको खडेरी रहेको अवस्थामा उनी जस्ता अभिनेता भूमिगत हुनु राम्रो होइन । उनलाई पर्दामा पर्खेर बस्ने दर्शकको संख्या ठूलो छ ।



Leave a Reply

Your email address will not be published.