यो झार चिन्नुभएको छ ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई ।

समाचार

Sharing is caring!

सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ ।

नेपाल सम्भावना नै सम्भावना भएको देश हो ।यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी

दिँदैछौ । अर्गानिक वल्र्ड प्रा।लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल

किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ । केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर

बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने

वनपाखाको काँडा, बनमरा पोल्नमै व्यस्त छन् ।वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि

यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् ।काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ

दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् ।
बारीमा लगाएको मकै, दुम्सी र बदेलले छिनमै स्वा,हा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो ।‘

अहिले उनको अवस्था यहि झार बेचेर राम्रो रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *