प्रेमी शरदसँग आज लगनगाँठो कस्दै छिन् गायिका इन्दिरा

समाचार

Sharing is caring!



काठमाडौं ।

चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।

मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो ।

परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी हुन् ।

केही समय अघि उनले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् ।



Leave a Reply

Your email address will not be published.