निषेधाज्ञा खुकुलो भएको केहि दिन मै काठमाडौ बासीका लागि आयो अर्को दु;खद खबर !

समाचार

Sharing is caring!

निषेधाज्ञा खुकुलो भएको केहि दिन मै काठमाडौ बासीका लागि आयो अर्को दु;खद खबर ! गत साता बाढीले क्षति पु-याएपछि मेलम्ची खानेपानी आयोजनाको क्षति यति नै भयो भन्ने अनुमान गर्न सकिएको छैन ।

आयोजनामा बाढीले पु-याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको विवरण गर्न नसकिएको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो । किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ ।

निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ। उनले भभने, ‘प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ।’ निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ ।

त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालय लगायत सबै संरचना बगाएको छ। निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए । मेलम्चीलाई बाढीले हाने पनि अब काठमाडौँमा पठाइएको पानी लामो समयसम्म पठाउन नसकिने आयोजनाले जनाएको छ । कम्तिमा पनि दशैँसम्म काठमाडौँमा पानी पठाउन नसकिने आयोजनाले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *