उड्दै गरेको प्लेन भित्र शिशुको जन्म

समाचार

Sharing is caring!



एजेन्सी– कतिबेला कुन घटना हुनसक्छ यसबारे यकिनका साथ भन्न सकिँदैन । जीवनमा कैयौं पटक यस्ता घटना हुन्छन् जसको कल्पना समेत गरीएको हुदैँन । यस्तै एक घटना अमेरीकामा उडिरहेको जहाज भित्र भएको छ ।

हजारौं फीटको ऊचाईमा एक महिलाले हवाइजहाजमा यात्राको क्रममा बच्चालाई जन्म दिएकि छन् । ति महिलालाई विमानकी परिचारिका (एयरहोस्टेज)ले समेत सहायता गरेकि थिइन् ।

डेनवर इन्टरनेशनल एयरपोर्टबाट अरल्याण्डो इन्टरनेशनल एयरपोर्ट जादै गरेको विमानमा एक गर्भवती महिला पनि सवार थिइन् । उनलाई उडानकै क्रमाम व्यथाले च्यापो । ति महिलाको अवस्थालाई देखेर डायना गिराल्डो नामक एयरहोस्टेजले तत्काल सहायता गर्न थालिन् । उनको यो सहयोगको विश्वभर चर्चा र तारिफ भएको छ ।

डायनाले ति महिलालाई विमानको पछाडीपट्टीको बाथरुम छेउको खुल्लामा लगिन् र उनलाई आराम दिलाइन् । यतिकैमा विमानका पाइलटले सहजताको मध्यनजर गर्दै हवाइजहाजलाई डाइवर्ट गरेर पेंसाकोला एयरपोर्ट पुर्याए । जहाँ पहिल्यै तयार रहेका पैरामेडिक्स समुहले उनलाई सहायता गर्याे । उनीबाट जन्मिएकि शिशुको नाम स्काइ राखिएको छ ।



Leave a Reply

Your email address will not be published.