एमसिसि पास हुदैमा अमेरिकी सेना आउँछन भन्ने हरु भेडा हुन भन्ने रमेश प्रसाईलाई तपाइ के भन्नुहुन्छ?
धराने जनतालाई स्वच्छ खानेपानी खुवाउने मूल एजेण्डा बोकेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पानीको भरपर्दो स्रोत खोज्दै खैंरे खोला पुगेका छन् ।
भारी बर्षा भईरहेको समयमा पनि उनि एक जना सहयोग सहित मोटरसाईलमा पानीको स्रोत खोज्दै सो खोलाको मुहानमा पुगेका हुन् ।
पानीको स्रोत कम भएकै कारण धराने जनताले स्वच्छ खानेपानीका लागि अनेकन दुःख झेल्नु परिरहेकाले स्रोत जुटाउनकै लागि आफू निर्वाचन जित्नु अघि र जितेपछि चि’न्तित भएकाले भारी बर्षाको कुनै प्रवाह नगरी धरानदेखि निकै नै माथिल्लो स्थानमा रहेको खैंरे खोलाको मुहानमा आएको मेयर साम्पाङले बताएका छन् ।
उनले खैंरे खोलाको मुहानमा पानीको स्रोत निकै राम्रो रहेको र पानी पनि स्वच्छ रहेको बताए । खैंरे खोलाको पानी पाइप जडान गरि धरान लैजान साथ धेरै समस्या हल हुने उनले बताए ।
आफूले सोचेको भन्दा राम्रो पानी स्रोत खैंरे खोलामा पाएकाले अब खानेपानी बोर्डका प्राविधिकसंग छलफल गरि योजना र बजेट निर्माण गरि पानी धरान ल्याउने बताए ।