भाइरल बनेकी मन्त्री विमला वलीले अस्पतालको शय्याबाटै भनिन् – मलाई योजनाबद्ध रूपमा फसाइयो

समाचार

Sharing is caring!



काठमाडौँ ।

मंगलबार प्रेमीको घरमा पसेर प्रेमीकी पत्नि र छोरीलाई लछारपछार पारेर भाइरल बनेकी लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस भएकी छिन् ।

मंगलवार दाङको तुलसीपुरमा महिला र बालिकालाई कु टपि ट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी उनलाई मुख्यमन्त्री कूलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याइएकी वलीलाई राति नै प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

उनी बेहोस भएर लडे लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । मंगलबार नै दाङबाट बुटवलमा पुगेकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले बताए ।

एकराज बस्नेतले आफूबाट सापटी लगेको पैसा दिन बारम्बार अनुरोध गर्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको मन्त्री वलीले प्रहरीलाई बताएकी छन् । घर पुग्दा योजनाबद्ध रूपमा फसाइएकाले थप मानसिक तनाव भएर आफू बेहोस भएको उनले बताइन् ।

वलीले भनिन्, ‘लगेको पैसा फिर्ता गर्न र हिसाब मिलाउनका लागि धेरैपटक आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्कविहीन भएपछि गएर भेटेर नै मिलाउनका लागि गएकी हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीय सहितको टीम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो ।’ आफू सजक हुदाँहुँदै एकराजकै योजनामा एकराजको दाइ वीरेन्द्र बस्नेतले योजनाबद्ध रूपमै आफूलाई फसाएको उनले बताइन् ।

डाक्टरका अनुसार वलीको प्रेसर र सुगरको मात्रा बढी रहेको र अहिले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ । बेहोस अवस्थामा नै अस्पताल लगिएको ओलीको स्वास्थ्य परिक्षण गरिएको र रिर्पोटहरु आउन समय लाग्ने अस्पतालले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.