राष्ट्रिय टेलिभिजनमा नै नायिका स्वस्तिमा खड्काले बोलिन अ श्लील शब्द

समाचार

Sharing is caring!



काठमाडौं :

फिल्मका संवाद वा गीतमा प्रयोग हुने अ श्लील शब्दहरूमा ‘बिप साउन्ड’ प्रयोग गरिन्छ। विशेष गरी राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा यस्ता कुराहरुलाई ध्यानमा राखिन्छ । पछिल्लो समय र्‍याप गीतहरूमा धेरै अश्लील शब्दहरू प्रयोग भइरहेको सुन्न सकिन्छ । आजकल युट्युबमा रिलिज हुने र्‍याप गीतहरूमा ‘बिप साउन्ड’ कमै प्रयोग गरिन्छ।

टिभी च्यानल इमेज एचडीबाट प्रशारण हुने एक गायन (र्‍याप) रियालिटी शो ‘नेपहपको श्रीपेच’ मा आफ्नो फिल्म ‘चिसो मान्छे’ को प्रमोशन गर्न आएकी नायिका स्वस्तिमा खड्काले अ श्लील शब्द प्रयोग गरिन् । जसलाई सम्पादन टोलीले बेवास्ता गर्यो । कार्यक्रमको बिचमा नायिका खड्काले आशिष राणा उर्फ ​​लाहुरेको र्याप गीत ‘नेपहपको बाटो’ गाइन् । त्यसबेला उनी निकै उत्साहित देखिएकी थिइन् । स्टेजमा चढेर ‘नेपहपको बाटो’ गाइरहँदा उनले गीतमा प्रयोग गरिएका अ श्लील शब्द पनि उच्चारण गरिन् ।

त्यसैगरी, समाजभित्रको कथालाई जीवन्त र सजीव रुपमा प्रस्तुत गर्ने निर्देशकको रुपमा चिनिएका दीपन्द्र के. खनाल निर्देशित नयाँ फिल्म ‘चिसो मान्छे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई मल्टीप्लेक्समा सुखद् शोज र सिंगल थिएटर पर्याप्त मिलेको छ । पोस्टर, टिजर, ट्रेलर र गीतबाट ठूलो आश जगाएको यो फिल्म कछुवाको गतिमा चल्ने धेरैको विश्लेषण छ ।

यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म पस्किसकेका दीपेन्द्रको सन्तान भएकाले ‘चिसो मान्छे’प्रति अपेक्षा उच्च छ । यसपटक उनलाई न औसत हुन अनुमति छ न गल्ती गर्ने छुट छ । यसैले यो फिल्म उनका लागि अग्नीपरीक्षा पनि हो । त्यसमाथि ‘बुलबुल’बाट अभिनयको स्तर बढाएकी स्वस्तिमा खड्काको मुख्य भूमिका रहेकाले ‘चिसो मान्छे’प्रति अपेक्षाको चाङ ठूलो छ ।

विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा स्वस्तिमा खड्काले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । ‘इनिसियल फेज’मा दर्शकलाई हलसम्म तान्न उनको बाजुराली लवज, लुक्स र गेटअप प्रमुख अस्त्र बन्न सक्ने सम्भावना दह्रो छ ।



Leave a Reply

Your email address will not be published.