लगठनगाठोँ कस्दै देशकै सुपरहिट उपमेयर सुनिता डंगोल, यस्तो छ हुनेवाला श्रीमानको डिटेल्स !

समाचार

Sharing is caring!



काठमाडौँ – देशकै सुपरहिट काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले लगनगाठो कस्ने भएकी छन् । उपमेयर डंगोलले यही बर्ष विवाह गर्ने भएकी हुन् ।

पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो । उनी तीन चार वर्षदेखि साउण्ड सशांक श्रेष्ठसँग अफेयरमा छिन् ।

सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन ।

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् ।

हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ ।



Leave a Reply

Your email address will not be published.