१४ छोरा बिते, बाँचेको एक्लो छोरो ससुरालीतिरै बसेपछि सालको पात बन्यो आमाको सहारा(पुरा कथा भिडियोमा)

समाचार

Sharing is caring!

दमौली-बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।

“बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उहाँले भन्नुभयो,“गुजारा गर्न सालको पात बेच्छु । उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते। बाँचेको एउटा छोराले पनि उहाँलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे ।

दुःखसुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उहाँ दमौली बजार आसपास सालको पात बेच्न हिँड्नुहुन्छ । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उहाँले भन्नुभयो,“गुजारा गर्न सालको पात बेच्छु ।”

व्यास नगरपालिका–४ स्थित कालिका जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उहाँको दैनिकी हो । दिनमा तीनचारवटा मुट्ठासम्म पात बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मुठोको रु ५० सम्म बिक्री हुन्छ”उहाँले भन्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *