प्रधानन्यायाधीशको प्रश्न : विश्वासको मत लिन्न भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद् ?

समाचार

Sharing is caring!

प्रतिनिधिसभा विघटनको मुद्दामा तेस्रो दिन पनि रिट निवेदन पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्।

शुक्रबार अधिवक्ता दिनमणि पोख्रेललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्न भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद् भनेर सोधेका थिए।

जवाफमा अधिवक्ता पोख्रेलले भोलि के हुन्छ भनेर अनुमानका भरमा राष्ट्रपतिले निर्णय गर्न नमिल्ने बताए।

‘शेरबहादुरले बहुमत सदस्य लिएर जानुभयो। अब विश्वासको मत लिन सक्छ कि सक्दैन भनेर राष्ट्रपतिले हेर्ने होइन। उहाँले हाउस पठाउनुपर्छ। मार्गप्रशस्त भनेको अरुलाई छाडिदिएँ भनेको हो। फेरि कपटपूर्ण तरिका अपनाएर आफैँ आउने र मार्ग अवरोध गर्ने होइन’, पोख्रेलले भने।

विकल्प हुँदासम्म कोसिस गर्नुपर्छ भनेर नै धारा ७६(५) को व्यवस्था राखिएको उनले जिकिर गरे।

त्यही कारण यो उपधारामा सांसद स्वतन्त्र हुने बताए। विश्वासको मत लिन सक्दिन भनेर प्रधानमन्त्रीले हात उठाइसकेपछि फेरि पदमा बसिरहन नसक्ने पोख्रेलको तर्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *