महिला राष्ट्रपतिमाथी अन्याय भएको देख्दा मेरो मन दुखेको छ ः प्रधानमन्त्री ओली

समाचार

Sharing is caring!

प्रधानमन्त्री केपी शर्मा ओलीले केही विभिन्न विरोधी तत्वहरुले अहिले राष्ट्रपतिलाई चिर्थोर्ने कम्पिटसन चलाएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रलाई गाली गर्ने, राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने कार्य चलिरहेको बताएका हुन् ।

नेपालमा राष्ट्रप्रमुखका रुपमा महिला अर्थात राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले राष्ट्रपतिलाई गाली गर्ने, मुख छाड्ने प्रवृति अँगालेको बताएका छन्।

हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो ।’देशको उच्चपदस्थमा भएकी महिला राष्ट्रपतिलाई सम्मान नदिनेहरुले राजनीतिका कुरा गरेको देख्दा ताजुब लाग्छ प्रधानमन्त्री ओली ले भन्नुभयो

प्रधानमन्त्री ओलीदे प्रधानमन्त्री ओलीले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोज्ने । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि‘ । अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *