आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खस्दा चालक दमैको मृत्यु

समाचार

Sharing is caring!





तनहुँ :

तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमै रहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान करिब साढे ४ बजे मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट खसेर खोलामा पुगेको थियो। टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएपाि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

 

 

 

 

 

 

टिपरमा चालकबाहेक अरू कोही भए नभएको खुलि नसकेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।




Leave a Reply

Your email address will not be published.