पूर्वयुवराज पारसलाई निर्मल निवास बस्ने अनुमति, कतातिर तिर लागिन् हिमानी

समाचार

Sharing is caring!

काठमाडौं– लामो समयदेखि प्रवेशमा रोक लगाइएका पूर्वयुवराज पारस शाह निर्मल निवासमा बस्न थालेका छन्। पूर्वराजारानी ज्ञानेन्द्र र कोमल शाह कोभिड संक्रमित भई लामो समय अस्पताल बसेर निर्मल निवास फर्केपछि पारसलाई अनुमति दिइएको हो।थाइल्यान्डबाट फर्केपछि लामो समयसम्म नेपालका विभिन्न ठाउँमा रहेका अपार्टमेन्टमा बसे पनि पारसलाई निर्मल निवास प्रवेशका रोक लगाइएको थियो। पछिल्ला केही सातादेखि उनी पूर्वराजारानीसँगै निर्मलनिवासमा रहेको स्रोतले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पारससहित अहिले निर्मलनिवासमा पूर्वराजारानी र हृदयेन्द्र शाह बस्छन्। पूर्वयुवराज्ञी हिमानी शाह भने केही महिनादेखि थाइल्यान्डमा छिन्। दुई छोरी पूर्णिका र कृतिकासहित उनी थाइल्यान्ड पुगेको बताइएको छ।

कहिले बुवा पूर्वराजा ज्ञानेन्द्रले आफु बद्नाम हुने आशंकामा निर्मल निवास छिर्न नदिएको समाचार बाहिर आएको थियो भने पूर्वयुवराज्ञी हिमानीसँगको सम्बन्ध बिग्रेको चर्चा लामो समय चल्यो।परिवारभन्दा बाहिर बसेका पारस यतिबेला ग्रहदशा कटाउन मन्दिर धाइरहेका थिए। पत्नी हिमानी पारस नेपाल फर्केको दोस्रो दिनमै एक महिना बसाईका लागि भारत हिडँेकी थिइन्।निर्मल निवासमा एक मातालाई निम्त्याइयो । २३ वर्षीया एक कुमारी माताले हिमानी र पारससँग बस्दा अनिष्ट हुने भविष्यबाणी गरिन् । उनकै भविष्यवाणीका आधारमा पारस निर्मल निवास प्रवेश गर्न पाएनन्। पत्नीसँग आमने सामने हुने मौका पाएनन्।ज्योतिषीय सिद्धान्तअनुसार पारस र हिमानीको अहिले ग्रह नमिलेको कुमारी माता सविता सरु आचार्यले ठोकुवा गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *