मेस्सीले बार्सिलोना छाड्ने भयो कि नछाड्ने ? हेर्नुहोस

खेलकुद

Sharing is caring!

काठमाडौं – बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना नछाड्ने भएका छन । उनले फुटबलको करियर बार्साबाटै अन्त्य गर्ने बताएका छन् ।

मेस्सीलाई प्रियिमर लिग क्लब जोड्ने सुझावलाई अस्विकार गर्दै ग्वार्डिओलाले मेस्सीले बार्सिलोनाबाटै फुटबल करियर अन्त्य गर्ने आफुले विश्वास लिएको बताएका छन ।

३२ बर्षीय मेस्सीले करियरको अधिकांश समय बार्सिलोनामै बिताएका छन । उनलाई समर ट्रान्सफरमा क्लब छाड्ने अनुमती छ ।

ग्वार्डिओलाले नाउ क्याम्पमा सन् २००८ देखि २०१२ सम्म मुख्य प्रशिक्षकको रुपमा बिताएका थिए । उनले बार्सिलोनाबाट तीन ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि समेत जिताएका थिए ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ‘मेस्सी त्यही बस्नेछन् । मेरो पनि कामना त्यही छ ।’

ग्वार्डिओलाले बार्सिलोनाको सर्वाधिक सफल प्रशिक्षकको रुपमा चिनिन्छन । उनले चार सिजनमा बार्सिलोनाबाट १४ उपाधि जिताएका थिए ।

ग्वार्डिओलाले जर्मनमा समेत लगातार तीन लिग उपाधि जिताएका थिए । पछिल्ला दुई सिजन सिटीबाट प्रियिमर लिगको उपाधि जिताएका उनले चालू सिजनमा भने अपेक्षाकृत परिणाम दिलाउन सकेका छैनन ।

प्रिमियर लिगमा लिभरपुलले २२ अंकको अग्रता लिएको छ । जवकी लिगमा अब १३ खेल मात्र बाँकी छ ।

मेस्सीले ६ पटक बालेन डी ओरको उपाधि जितेका छन् । उनले १० लिग उपाधिसंगै चार च्याम्पिन्स लिगको उपाधि समेत उचालेका छन् । उनको क्लबसंगको सम्झौता सन् २०२१ सम्म मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *