ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि एपिएफलाईः

ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि एपिएफलाईः एपिएफसँग पुलिस पराजित

खेलकुद

Sharing is caring!

काठमडौंः विभागीय टोली नेपाल एपिएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले अपराजित रहेर उपाधि जितेको हो ।

एपिएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने क्रमस दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपिएफ च्याम्पियन बन्न सफल भयो ।

लिगको १४ खेलपछि अपराजित रहेको एपिएफले ४१ अंक जोड्यो । उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो । उपाधिसँगै एपिएफले ४ लाख ५ हजार रुपैयाँ हात र्पायो ।

दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात र्पायो। पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौ भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *