काठमाडौंः आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । यो भन्दा पहिले नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको गरेको थियो। एक दिवसीय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो।
अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै नेपालले लक्ष्य भेट्टायो थियो। सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो। लगातार विकेट गुमाएको अमेरिकाले १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भएको थियो।
सन्दीप लामिछानेले एक्लैले ६ विकेट लिँदा सुशनले चार विकेट लिए। सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिएका थिए। सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रनमा ४ विकेट लिए।