सावित्रा एक्लैले गरिन पाँच गाेल भारत सात-शून्यले पराजित

सावित्रा एक्लैले गरिन पाँच गाेल : भारत सात-शून्यले पराजित

खेलकुद

Sharing is caring!

भारतमा जारी महिला लिग फुटबल अन्तर्गत नेपाली खेलाडी सावित्रा भण्डारी सहभागी क्लब गोकुलम केरलाले फराकिलो जित दर्ता गरेको छ ।

शनिबार भएको खेलमा सावित्राको ५ गोलको मद्दतले गोकुलमले उडिसा पुलिसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । यस्तै एग्बो एसपिरियन र ग्रेस लालहुनरले एक एक गोल थपेका थिए ।

यस सिजनमा सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अहिलेसम्म ११ गोल गरेकी छिन् । पहिलो हाफमा उनकै गोलबाट अग्रता लिएको गोकुलमले दोस्रो हाफमा सावित्राले मात्रै थप ४ गोल गरिन् । समूह बीमा लगातार तीन खेल जीतेको गोकुलम शीर्ष स्थानमा छ ।

गोकुलमले अब बेंग्लोर युनाइटेड एफसीसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *