विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक (भिडियो)

खेलकुद

Sharing is caring!

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगको फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आधिकारीक लोगो सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच विराटनगर र जनकपुरले लोगो सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिगमा दुवै टोलीले सहभागीता जनाउदै छन् । लिगमा विराटनगर र जनकपुर सहित ६ टोलीले सहभागीता जनाउदै छन् ।

लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।


Leave a Reply

Your email address will not be published.