कोभिड- 19ः विश्वमा खेल गतिविधि शून्य

कोभिड- 19ः विश्वमा खेल गतिविधि शून्य

खेलकुद

Sharing is caring!

काठमाडौं, चैत्र १५ः विश्वभरी नै महामारी बनिरहेको कोरोना भाइरसका कारण खेल गतिविधीहरु शून्य भएपछी विश्व खेलक्षेत्रमा नै त्यसको दिर्घकालिन असर पर्ने भएको छ ।

इङ्ल्याण्डका विभिन्न फुटबल संस्थाहरुले कोरोनाका कारण बेलायती फुटबलमा परिरहेको प्रभावलाई झेल्न अप्रिय र कठीन निर्णयहरु लिन सकिने बताएको छ । प्रमियर लिग, इङ्लिस फुटबल लिग र व्यवसायिक फुटबल खेलाडीहरुको संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै फुटबल क्षेत्रले आगामि दिनमा सामना गर्नु पर्ने चूनौतिबारे सचेत बनाएका हुन् ।

बेलायतमा तत्कालका लागि अप्रिल ३० सम्म सबै खेल गतिविधीहरु बन्द गराइएको छ । तर कोरोनाले गर्दा बढ्दैगएको संकट हेर्दा अझै थप केही महिना खेल गतिविधी नहुने संभावना बलियो छ । यस्तोमा भाइरसले सबैलाई प्रभावित पारिरहेकोले त्यसै अनुरुप निर्णयहरु गर्नुपर्ने उनीहरुले बताएका छन् । संस्थाहरुले संकटको समाधानका लागि सामूहिक प्रयास गरिनुपर्ने पनि बताएका छन् ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *