काठमाडौं
सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी छिन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् ।
नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।