नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको छ , यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने • OSNepal

नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको छ , यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

उनले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बताउदै यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिए ।

केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको तर अहिले देशाईले नेपाली टोली सम्हालेपछि टोली भउको उनको भनाइ थियो । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए ।

यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए ।

उनले प्रशिक्षको रणनीति अनुसार खेल्न पाउँदा आपूm खुशी रहेको प्रतिक्रिया दिए । लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीबार खेल्ने छ । त्यसअघि बुधबार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *