दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान क्याचआउट • OSNepal

दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान क्याचआउट • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं, २ चैत : आइसिसी विश्वकप लिग – २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईको अर्को विकेट गुमेको छ । दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान लङ अनतर्फ बाउन्ड्रिमा क्याचआउट भए । गुल्सनले क्याच लिएका हुन् ।

त्यसअघि भिम सार्कीको थ्रोमा आशिफले रन आउटको रुपमा तेस्रो विकेटको पतन गराउन सफल भएका थिए । युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए। यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहँदा पहिलो विकेट स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका हुन् भने दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिम आउट भएपछि केही दबाबमा रहेको यूएईविरुद्धको खेल निकै रोमाञ्चक बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *