गुल्शन झा र आरिफ शेखलाई मधेश प्रदेशले दुई-दुई लाख रूपैयाँ दिने

गुल्शन झा र आरिफ शेखलाई मधेश प्रदेशले दुई-दुई लाख रूपैयाँ दिने

खेलकुद

Sharing is caring!

आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाइ दिएका छन्।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाइ दिएका हुन्।

‘खेलाडी राष्ट्रका गहना हुन्,’ उनले भने।मधेस प्रदेशका दुई खेलाडी गुलशन झा र आरिफ शेखको खेलको प्रशंसा पनि उनले गरे। ‘तपाईंहरूले देश र प्रदेशको सम्मान बढाउनुभएकोमा हामीलाई धेरै खुसी लागेको छ,’ उनले भने।

यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे। यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरूप मधेश प्रदेश सरकारको तर्फबाट दुई/दुई लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *