नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने शेख दाजुभाइ आरिफ र आसिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने • OSNepal

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने शेख दाजुभाइ आरिफ र आसिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं -वीरगञ्ज महानगरपालिकाले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई मोटरसाइकल पुरस्कार दिने भएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले शेख दाजुभाइलाई एकदिवसीय मान्यता सुरक्षित गर्न र नेपललाई विश्वकप छनोटमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै यस्तो घोषणा गरेका हुन् ।

मेयर सिंहले वीरगञ्जका स्थानीयले राष्ट्रको प्रतिनिधित्व गर्दै शीर उँचो बनाएकोले स्थानीय सरकारको रुपमा पुरस्कृत गरेको बताए ।राष्ट्रिय टिमका अलराउण्डर आरिफले विश्वकप छनोटको लागि निर्णयक खेलमा बिहीबार यूएई विरुद्ध अर्धशतकीय योगदान गरेका थिए ।

विश्वकप क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका उनीहरू दाजुभाइ हुन्। उनीहरूलाई यामाहाको एफ जेड -एफआई मोटरसाइकल दिइने निर्णय गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विज्ञप्तिमार्फत घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *