क्रिकेटका मुख्य प्रशिक्षक मोन्टप् देसाईको मासिक पारिश्रमिक बढाएर १२ हजार अमेरिकी डलर पुर्याइयो • OSNepal

क्रिकेटका मुख्य प्रशिक्षक मोन्टप् देसाईको मासिक पारिश्रमिक बढाएर १२ हजार अमेरिकी डलर पुर्याइयो • OSNepal

खेलकुद

Sharing is caring!

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याइएको हो । यस अघि देसाईको पारिश्रमिक दश हजार अमेरिकी डलर थियो ।

अहिले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याइएको हो । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।

उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ । विश्वकप छनोटमा सिधै स्थान बनाएपछि मोन्टीको कामको तारिफ गरिउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *