तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

खेलकुद

Sharing is caring!

२८५६ औं सोनाम ल्होछार (नयाँ वर्ष) जिवा ल्हो (मुसा वर्ग) को पूर्वासन्ध्यामा तामाङ चलचित्र संघले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

शुक्रबार टुँडिखेलमा आयोजित प्रतियोगितामा तामाङ पत्रकार संघ, राष्ट्रिय तामाङ घेदुङ, नेपाल तामाङ युवा घेदुङ, आपा ङाछा र आयोजक लगायत पाँच टिमले सहभागीता जनाएका थिए ।
मैत्रीपूर्णको खेलको विजेता राष्ट्रिय घेदुङ, उपविजेता युवा घेदुङ भएका छन् । यसैगरी पत्रकार संघले तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
तामाङ समुदायमा एकताको सन्देश दिनका लागि मैत्रीपुर्ण खेलको आयोजना गरेको नेपाल आयोजक संस्थाका अध्यक्ष विकु थोकरले जानकारी दिए । उनले भने, हामीले सोनाम ल्होछारको अवसरमा सम्पुर्ण तामाङ संघ सस्थालाई एकताको सन्देश दिनका लागि मैत्रीपूर्ण फुटबल खेलका आयोजना गरेको हो ।’

गत वर्षको ल्होछारमा पनि संंघले मैत्रीपूर्ण खेलको आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *