आईपीएल टी–ट्वान्टीः सनराईजर्स हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित

आईपीएल टी–ट्वान्टीः सनराईजर्स हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित

खेलकुद

Sharing is caring!

आईपीएल टी–ट्वान्टीः सनराईजर्स हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित

एजेन्सीः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६, टुसार देश पाण्डेले २०, शिम्रन हिटमायरले १६, कप्तान श्रेयस एयरले ७ रनमा बनाउदा शिखर धवन सुन्य रनमा आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । वार्नरले ६६, रिद्दिमानले ८७ रन बनाए । यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।

दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *