सुरेश थापा, गुल्मीः “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सत्यवती गाउँपालिका ६ सत्यवतीमा सुरु भएको छ ।
सत्यवतीको खेलकुदमैदान खल्लुकारुखमा सोमबारदेखि सुरु भएको खेलकुदमा गाउँपालिकाभित्र रहेका निमावि र मावि विद्यालयको सहभागिताको पहिलो दिन छेलो फाल्ने खेलमा छात्रातर्फ धर्मपुर मावि ठुलोलुम्पेक प्रथम, लक्ष्मीपुर नि।मा।वि। ठुलोलुम्पेक द्धितिय सरस्वती मावि लिम्घा तृतिय र छात्र तर्फ धर्मपुर मावि प्रथम, सरस्वती मावि लिम्घा द्धितिय, सत्यवती मावि हँसराले तृतिय स्थान प्राप्त गरेको छ ।
यता लङ्गजम्प खेलमा छात्रातर्फ सरस्वती मावि जोहाङ्ग प्रथम, जुनिया मावि जुनिया द्धितिय, सत्यवती मावि हँसरा तृतिय र छात्रा तर्फ धर्मपुर मावि प्रथम, सत्यवती मावि द्धितिय र रुद्र गंगा ईबोस्कूल तृतिय भएका छन् ।
३ दिनसम्म संचालन हुने विद्यालय स्तरिय खेल अन्तर्गत भोलि भलिवल कपड्डी, हाईजम्प लगायतका खेल हुने आयोजक संस्था सत्यवती गाउँपालिकाले जनाएको छ भने चौथो र पाचौ दिन भलिवल र क्रिकेट खेल साविक वडा स्तरीय हुने आयोजकको भनाई रहेको छ ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै खेलकुदको समुचित विकासका लागि निमावि र मावि लाई केन्द्रविन्दु बनाई यस गाउँपालिकाले खेलकुद प्रतिभाको खोजि गर्दै संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी राष्ट्रनिर्माण र खेल विकाशमा खेलाडिको भुमिका सवल बनाउन यस प्रतियोगिताले महत्व राख्ने विश्वास गाउँपालिका उपाध्यक्ष शुवर्ण शाहि शेर्चन, प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी, वडा नं ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्षको तर्फबाट पिताम्बर ज्ञवाली, समग्र प्रधानाध्यापकको प्रतिनिधित्व गर्दै सत्यवती माविका प्रअ गिरिराज शर्मा लगायतले शुभकामना मन्तव्य मार्फत सो धाराणा राखेका थिए।
सत्यवती गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक पारिश्वर ढकालको सभापतित्व, वडा नं १ का वडा अध्यक्ष भिमलाल पाण्डेको स्वागत मन्तव्य, वडा नं २ का वडा अध्यक्ष ददिराम कुवँर, वडा नं ४ का वडा अध्यक्ष दान बहादुर राना, वडा नं ५ का वडा अध्यक्ष ओम प्रकाश भण्डारी, वडा नं ७ का वडा अध्यक्ष लोक बहादुर बुढाथोकि, गाउँ कार्यपालिका सदस्य होम बहादुर भुजेल, तेज कुमारी थापा, मन माया थापा वडा सदस्य छविलाल भट्टराई, डिल्लिराज भट्टराई जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका डा सुनिल ज्ञवाली, इलाका प्रहरी कार्यालयका प्रमुख सुग्रिब बैदवार, पत्रकार विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको उद्घाटन सत्रकोे संचालन हिमलाल भण्डारीले गरेका थिए ।