इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीको फराकिलो जित, सिटीसँग ६–१ गोल अन्तरले एस्टन भिल्ला पराजित

खेलकुद

Sharing is caring!

काठमाडौंः इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले एस्टन भिल्लालाई ६–१ ले पराजित गरेको छ । आइतबार राति एस्टन भिल्लाको मैदानमा भएको खेलमा सिटीका सर्जियो अगुएरोले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे ।

अर्को एक गोल ग्याब्रियल जेससले गरेका थिए । खेलको १८औं मिनेटमा रियाद मेहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले अगुएरोको पासमा गोल गरेका थिए ।

त्यसको ६ मिनेटपछि मेहरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दुई गोलको अग्ता दिलाए । २८औं मिनेटमा अगुएरोले केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दा सिटीले ४–० को अग्रता लियो । अगुएरोले ५७औं र ८१औं मिनेटमा गोल गर्दै प्रिमियर लिगमा १२औं ह्याट्रिक पूरा गरे । खेलको इन्ज्यूरी समयमा एस्टन भिल्लाका अनवर एल घाजीले पेनाल्टीमार्फत सान्त्वना गोल गरे ।

जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अंक बनाएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । भिल्ला भने २१ अंक सहित १८औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *