एजेन्सी, १४ माघ । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०२० को सुरुआत आक्रामक तरिकाले गरे ।
युभेन्टसका फरवार्ड रोनाल्डोले २०२० मा ८ गोल गरिसकेका छन् ।
उनले स्पेनिस क्लब बार्सिलोनाभन्दा धेरै गोल गरेका छन् । बार्सिलोनाले २०२० मा जम्मा ७ गोल गरेको छ । पाँच खेलमा बार्सिलोनाले ७ गोल गरेको हो ।
बार्सिलोनाले स्पान्योल, एथ्लेटिको मड्रिड र भ्यालेन्सियाविरुद्ध समान २–२ गोल गर्दा ग्रानडा र यूडी इबिजाविरुद्ध समान एक–एक गोल गरेको छ ।
तर, ३४ वर्षीय रोनाल्डोले पाँच खेलबाट नै आठ गोल गरेका छन् ।
ह्याट्रिकबाट २०२० को सुरुआत गरेका थिए ।
उनले क्याग्लीआरीविरुद्ध ३ गोल गर्दा, पर्माविरुद्ध २ तथा रोमा र नापोलीविरुद्ध समान एक–एक गोल गरेका छन् ।
यस्तै कोपा इटालियामा रोमाविरुद्ध उनले एक गोल गरेका छन् ।
रोनाल्डोले युभेन्टसका लागि यो सिजन २० गोल गरेका छन् ।
रोनाल्डो यो सिजनको सिरी ‘ए’मा १७ गोल गरेका छन् ।
यस्तै च्याम्पियन्स लिगमा २ तथा कोपा इटालियामा उनले एक गोल गरेका छन् ।
उनले पछिल्लो आठ खेलमा लगातार गोल गरेका छन् । पछिल्ला ८ खेलबाट उनले १२ गोल गरेका छन् ।